नवौँ राष्ट्रिय खेलकुद: खेलाडीका लागि अवसर र सिकाइ

पाेखरा | कात्तिक ६, २०७९

नवौँ राष्ट्रिय खेलकुद: खेलाडीका लागि अवसर र सिकाइ

 

पोखरा । कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला केही वर्ष प्रतियोगिता खेल्न पाएको थिएन् । नवौँमा एउटै वडाबाट सिङ्गो कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर आएको टोली सेमिफाइनलसम्म पुग्यो । 


पोखरामा गत असोज २८ देखि यही कात्तिक ३ गतेसम्म भएको राष्ट्रिय खेलकुदले टोलीका लागि राम्रो अवसर प्रदान गरेको कप्तान रामजन रावतले बताउनुभयो । “हुम्लाबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सोच थियो, तर टोली कस्तो बनेको छ भन्ने थाहा थिएन्,” उहाँले भन्नुभयो, “पोखरा आएर खेलेपछि हामी पनि सक्षम छौंँ भन्ने थाहा भयो ।” कर्णालीको पुरुष हक्की टोली जस्तै धेरैले कोरोनापछि खेल्ने मौका पाए । 


व्यवस्थापकीय कमजोरी हुँदाहुँदै राष्ट्रिय खेलकुदमा थुप्रै कीर्तिमान बने । पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारू र शिवराज पार्की, जिम्न्यास्टिकका राजु राई, भारोत्तोलनकी तारादेवी पुन, उसुकी एलिना चौधरी र सुस्मिता तामाङ, स्क्वासका अमृत थापा मगरलगायत खेलाडी चम्किए । नवौँं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय स्पर्धामा गतिलो परिणाम दिन सक्ने खेलाडी जन्माएको छ । 


पौडीकी गौरिका सिंह नवौँंमा आफ्ना प्रतिस्पर्धी खेलाडी बढेको बताउनुहुन्छ । पौडीमा नेपाली खेलाडीको रुचि बढिरहेको अवस्थामा प्रतियोगिता आयोजना भएकामा उहाँ खुसी हुनुहुन्छ । यसले पौडीमा धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाएको उहाँको भनाइ थियो । 


“डुवाना, एलेक्स, नासिर सबैले राम्रो खेलिरहनुभएको छ,” उहाँले भन्नुभयो, “यसरी नै प्रतियोगिता भइरहेमा एसियाली तथा  ओलम्पिक प्रतियोगितामा पनि पदक जित्न सहज हुन्छ ।”   


पोखरामा राष्ट्रिय खेलकुद हुँदा पोखरावासी अन्तरआत्मादेखि नै खुसी भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । “सानातिना कमजोरी जहाँ पनि हुन्छन्,” उहाँले भन्नुभयो, “काम गर्दा नै कमजोरी हुने हो । ठूलै गल्ती केही भएन भन्नुपर्छ । अब कर्णालीमा हुने राष्ट्रिय खेलकुदका लागि यो एउटा सिकाइ हो ।” 


गुनासा, चुनौती र सीमितताका बाबजुद राष्ट्रिय खेलकुदले गण्डकी प्रदेशका जनतालाई खुसी बाँड्न सफल भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव तेजबहादुर गुरुङले बताउनुयो । 


विसं २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय टोली बाहेक प्रदेशमध्ये पहिलो पटक हामी पहिलो हुन सफल भएका छौंँ,” उहाँले भन्नुभयो, “गण्डकीले इतिहास बनाएको छ ।”


प्रतियोगितामा त्रिभुवन आर्मी क्लब एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्यसहित च्याम्पियन बन्यो । सशस्त्र प्रहरी बलको एपिएफ क्लब ६५ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब ६१ स्वर्ण जित्दै तेस्रो बन्यो । चौथा बनेको घरेलु टोली गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित एक सय २० पदक हात पार्यो । 


प्रतियोगितामा बागमती प्रदेश पाँचौँ, प्रदेश १ छैटौँं, सुदूरपश्चिम सातौँं, एनआरएनए आठौंँ, लुम्बिनी प्रदेश नवौँं, मधेश प्रदेश दशौँं र कर्णाली प्रदेश एघारौँं स्थानमा रहे । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्